जापानले अनुदान दिएको ८ लाख खोप शनिबार काठमाडौं आइपुग्ने

जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने भएको छ ।

काठमाडौंस्थित जापानी दूतावासले विज्ञप्ति जारी गरी जापानले अनुदानमा दिएको १६ लाख डोजमध्ये ८ लाख खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने उल्लेख गरेको छ । बाँकी खोप भने उपयुक्त समयमा पठाउने पनि जापानी दूतावासले जनाएको छ ।

गत असार २९ गते जापानका परराष्ट्रमन्त्री मोतेगी तोसिमित्सुले कोभ्याक्स सुविधा मार्फत नेपाललाई एस्ट्राजेनेकाको १६ लाख खोप दिने घोषणा गरेका थिए ।नेपालका लागि जापानी राजदूत किकुता युताकाले जापानले दिएको खोप तत्कालै उपयोग हुने आशा व्यक्त गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close