पूर्वयुवराज पारसका छोरा हृदयेन्द्र अमेरिका जाँदै

काठमाडौं- पूर्वयुवराज पारसका छोरा हृदयेन्द्र शाह उच्च शिक्षा अध्ययन गर्न अमेरिका जानुहुने भएको छ । रविभवनस्थित लिंकन विद्यालयबाट कक्षा १२ सम्मको शिक्षा सकेर उहाँ उच्च शिक्षाका लागि अमेरिका जान लाग्नुभएको हो । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

अमेरिका जानका लागि सबै प्रक्रिया पूरा भइसकेको र केही दिनपछि नै उहाँ अमेरिका जाने निर्मल निवास उच्च स्रोतले जनाएको छ । तथापि, अमेरिकाको कुन विश्वविद्यालयमा उहाँले अध्ययन गर्न लाग्नुभएको हो भन्ने चाहिँ खुलाइएकोे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close