
काठमाडौँ । दुई वर्षअघि नै बनेर तयार भएको चलचित्र ‘फुर्बा(द नेचर गाइ’ को गीत सार्वजनिक गरिुएको छ । कोरोना महामारीका कारण हलमा प्रर्दशन गर्ने मौका नपएिको ‘फुर्बा-द नेचर गाइ’ डिजिटल प्लेटफर्ममा रिलिज गर्ने तयारी गरिएका बेला चलचित्रको गीत ‘जाँदैछु छाडेर ‘ सार्वजनिक गरेको छ । विक्रम राईको स्वर तथा सङ्गीत रहेको गीतमा जानु खाम्बांगको शब्द रहेको छ ।
गीत तथा ट्रेलरमा मोलिकता पाउन सकिन्छ । चलचित्रमा एक हिमाली युवा फुर्बाको कथा प्रस्तुत गरिएको छ । प्रकृतिको नजिक रहेर खिचिएको चलचित्रले नेपालीपन, नेपाली माटो र रहनसहनलाई नजिकबाट केलाएको छ ।
चलचित्रमा श्याम राई, सिर्जना सुब्बा, दिनेश गुरुङ, राम गुरुङ, टेक राज लांघाली लगायतको अभिनय देख्न सकिन्छ । युगल पोमो लिम्बुको कथा तथा निर्देशन रहेको चलचित्रको स्क्रिन प्ले दीप्त प्रकाश अधिकारीले तयार गरेका हुन् । बुद्ध थापाको छायांकन रहेको रहेको चलचित्रको सम्पादन अनिल कुमार महर्जनले गरेका हुन् । जसको निर्माण श्याम इंगनाम, रेजिन सन्बा र हिम सिंघाकले गरेका हुन् ।