
मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टी बच्चासहित श्रीमान् राज कुन्द्रासँग छुट्टिने योजनामा रहेको समाचार बाहिरिएको छ । शिल्पाका श्रीमान् कुन्द्रालाई १९ जुलाई २०२१ मा पोर्न चलचित्र बनाएको र एपमा रिलिज गरेको आरोपमा अपराध शाखाले पक्राउ गरेको थियो । कुन्द्रा गिरफ्तारीपछि न्यायिक हिरासतमा छन् र लगातार जमानतका लागि कोशिस पनि गरिरहेका छन् । यसले शिल्पाको निजी तथा व्यावसायिक जीवनमा गहिरो असर परेको छ ।
भारतीय माध्यमले शिल्पाका एक साथीले कुन्द्राको समस्या कम नहुने बताएको खबर लेखेका छन् । साथै उनले कुन्द्राको यो रहस्य सार्वजनिक भएपछि शिल्पालाई ठुलो धक्का पुगेको खुलासा गरेका छन् । शिल्पाका साथीका अनुसार उनलाई यी हिरा र डुप्लेक्स बेइमानीको बाटो हुँदै आएको भन्ने थाहा थिएन । साथीले भनेका छन्, ‘शिल्पा कुन्द्राको पैसा छुन पनि चाहन्न् । सौर्य दैनिकमा खबर छ । शिल्पा काम गरिरहेकी छन् र उनी आफ्नो बच्चाको हेरविचार गर्नका लागि सक्षम छन् ।’ उनका साथीले शिल्पा हंगामा टु र निकम्मापछि चलचित्रमा काम गर्नका लागि तयार भएको पनि सबैलाई जनाएको र अनुराग बसु र प्रियदर्शनले पहिले नै उनलाई आफ्नो चलचित्रका लागि अफर गरिसकेको बताए ।