‘धाकड’ मा कंगना भिन्न रुप

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौटका आगामी वर्षको सुरुमा दुई चलचित्र प्रदर्शनमा आउने तयारीमा छन् । उनीको मुख्य भूमिकामा रहेको एक्सन जनराका दुई चलचित्र ‘धाकड’ र ‘तेजस’ मध्ये धाकडको छायांकन सकिएको छ । यस्तै, अहिले ‘तेजस’ को छायांकन भइरहेको छ ।

अभिनेत्री कंगना ‘धाकड’ मा विभिन्न १० किसिमको लुक्समा देखिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । एक्सन जनरामा रहेको चलचित्रमा कंगनाले एजेन्टको भूमिका निर्वाह गरेकी छन् । यसकारण उनले पटक पटक आफ्नो लुक्स परिवर्तन गरेको बताइएको छ र चलचित्रभर उनी विभिन्न १० लुक्समा देखिने निर्माण पक्षले जनाएको छ ।

रजनिश घाइले निर्देशन गरेको ‘धाकड’ मानव तस्करीसँग सम्बन्धित विषयमा केन्द्रित रहेर निर्माण गरिएको छ । यस चलचित्रमा अभिनेत्री कंगनासँगै शरिब हासमी, दिव्या दत्त, अर्जुन रामपाल लगायतका कलाकारको अभिनय छ । चलचित्रको कथा रजनिश र चिन्तन गान्धी मिलेर लेखेका छन् । यो चलचित्र यसै वर्षको १ अक्टोबरमा प्रदर्शन हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close