माधव नेपालको पार्टी कार्यालय : मिनभवन जाउँ कि बबरमहल ?

काठमाडौं, १५ भदौ । माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० ले पार्टी गठन भएको एक सातासम्म पनि पार्टीको केन्द्रीय कार्यालय राख्ने स्थान भेट्न सकेको छैन ।

निर्वाचन आयोगमा दल दर्ता गर्दा नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको विवरण बुझाइए पनि बानेश्वरको अर्याल होटल र होटल छेउको एउटा स्कुलबाट पार्टी सम्पर्कको काम हुँदै आएको छ ।
बानेश्वर आसपास कार्यालय नभेटेपछि यतिवेला बबरमहल र बिजुलीबजारबीचको आर्कब्रिज नजिकै रहेको एउटा कम्पाउन्डसहितको तीनतले घरमा कार्यालय राख्ने विषयमा कुराकानी भइरहेको सो पार्टीका नेताहरूले बताएका छन् । सो घर बबरमहलतर्फ किंग्स कलेजको छेउमै पर्छ ।

नेताहरूका अनुसार मिनभवनमा पनि एउटा घर भेटिएको छ त टुंगो भने लागिसकेको छैन ।

अध्यक्ष माधव नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार मंगलबार दिनभर कार्यालयका लागि मिनभवन जाने कि बबरमहल भन्ने विषय टुंगो लाग्दैछ । उनले दुवैतर्फ घर हेरिएको, तर फाइनल नभएको न्युज कारखानालाई बताए । पार्टीका नेताहरू भने बबरहमल बस्ने कि मिनभवन भन्ने विषयमा अझै अन्योल नै रहेको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close