आज पनि घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो । मंगलबार सुनको मूल्य तोलामा चार सयले घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ५ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १२०५ मा कारोबार भएकोमा आज पनि घटेर तोलामा ११९५ कायम गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close