ब्यवसायी सुमन र निर्देशक राईको सहकार्यमा बेलायतबाट रिलिज ‘हामी नेपाली हामी गोर्खाली’ को सर्वत्र चर्चा

काठमाडौँ । विर गोर्खालीहरुको शान विश्वमा भिन्न छ । आफ्नो छुट्टै छवि र पहिचानका साथ नेपालीहरु संसारभर छरिएर रहेका छन्, आफ्नो कला र संस्कृतिलाई जर्गेना गरेका छन् । जसमध्येको पछिल्लो उदाहरण हो नेपाल चलचित्र कलाकार संघ युकेको प्रस्तुतीमा तयार भएको हामी नेपाली हामी गोर्खाली बोलको राष्ट्रिय भावनाले ओतप्रोत गीतको भिडियो ।

हामी नेपाली हामी गोर्खाली बोलको गीतको भिडियो हालै बेलायतमा एक कार्यक्रमकाबिच लोर्कापण गरिएको छ । सो अवसरमा प्रमुख अतिथी एन आर एन ए युकेको नब निर्बाचित अध्यक्ष प्रेम गाहा मगर, विशेष अतिथी बेलायत अल्ट्रसड वेलीङ्टनका कोन्जरभेटिम पार्टीका काउन्सिलर प्रबेश केशी र जीव बेलबासी , अतिथीहरु सनम कुमार बैरग,कमला सेन्दाङ,कल्पना आङ्बुहाङ,बाचस पति रेग्मी ,पर्शुराम राईको उपस्थितिमा भिडियो सार्वजनिक गरिएको हो ।

सो अवसरमा बोल्दै एन आर एन ए का अध्यक्ष प्रेम गाहा र नेपाली युके काउन्सिलर संघ पनि सहयोगका लागि नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रोमियन लिम्बुले भिडिायेको प्रशंसा गरेका थिए । भिडियोले नेपाल र नेपालीको पहिचान बोकेको मात्रै नभई भिडियो हेर्दा नेपाल झलझल्ती बलेको उल्लेख गरे । सुरेशराज पाठक, मधुसुदन थापा मगर र ममता गुरुगंको स्वर रहेको भिडियोमा बेलायतमा स्थापित कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

कल्पना आंगबुहागंको शब्द शृजना रहेको गीतमा अशोक कुमार राईको संगीत रहेको छ । गंगाराज र्राको कम्पोज रहेको गीतमा रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक मैथाने मगर, सन्तोष राई, सन्तोष राई, परशुराम राई, कुमुद पन्त, प्रतिमा दुराज र इन्दु लिम्बुको कलात्मक अभिनय रहेको छ ।

दिलु थापाको कोरियोग्राफी रहेको भिडियोमा नबिन निरौलाको कलर, संचारकर्मी कुशल श्रेष्ठको छायांकन र सम्पादन रहेको छ । मन इन्टरटेनमेन्टबाट बजारमा ल्याइएको भिडिायेको निर्माण सुमन पुनले गरेका हुन् । भिडियोको निर्देशन सन्त कुमार राईले गरेका हुन् । भिडियोकी निर्मात्री सुमन एक कुशल ब्यवसायी हुन । नितान्त अलग फिल्ड बाट आएकी हुन फ्यान युकेकी सल्लाहकार समेत रहेकी सुमनले आगामी दिनमा चलचित्रमा निरन्तरता दिने बताएकी छिन् । ब्यबसायी सुमन गोर्खा सर्भिसेस लिमिटेड, लाइफ केयर म्यानेजमेन्टकी म्यानेजिगं डाइरेक्टर हुन् । त्यस्तै उनी मन ट्राभल एण्ड टुर सर्भिसेस प्रालीकी पनि म्यानेजिगं डाइरेक्टर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close