
काठमाडौं – नब गायक आन्छु बिक्रमको सुमधुर आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ । शुक्रबार गायक बिक्रम र गायिका अस्मिता अधिकारिको आवाजमा ‘कैले होला भेट’ बोलको गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको हो ।
गीतमा सि.एल शर्माको शब्द र संगित रहेको छ । सार्वजनिक भिडियोमा आन्छु र अस्मिता नै देखिएका छन् । काठमाडौँमा सुटिङ्ग गरिएको भिडियोलाई सन्जित के. घिसिङले खिचेका हुन् भने सनम मगरले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई आन्छु बिक्रम नामको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।