चिसो बढेसँगै बेँशी झारिँदै भेँडा

हुम्ला,२ पुस – हुम्लामा चिसोबढेसँगै भेँडापालक जाडो छल्न बेँसी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेँडीगोठ बेँशीतर्फ झार्न थालिएको हो ।

सात गाउँपालिका रहेको हुम्लाका सिमकोट, नाम्खा, खार्पुनाथ ,सर्केगाड,चंखिली,अदानचुलि र ताँजकोट गाउँपालिका भेँडापालक चरनका लागि हिँउदमा बेँशी झर्ने गर्छन् ।

२ हजार ९ सय मिटरभन्दा अग्लो पाटनमा भेँडा चराउनु परेको हुम्ला जिल्लाका भेँडापालकको चिसो बढेकाले मंसिरदेखि बेँशीतिर झर्न थालेका भेँडा पालक सिमकोट गाउँपालिका-२ ठेहेका कालु बोहराले बताए ।

भेँडा चराउने गरेको हिमाली पाटन चुवा खोला यारी ह्याङसीमा चिसो बढ्न थालेपछि भेडापालक बेँशी झरेको नाम्खा गाउँपालिकाका भेँडापालक छेउकु तामाङले न्यूज कारखानालाई बताए ।

‘पाटनमा चिसोले सताउदा सुक्खा चरीचरण क्षेत्र सकिँदैछ, पशुवस्तु मर्ने त्रास छ उत्तिकै रहेको पाइन्छ । चिसो छल्नका लागि बेसी झारेका बताउँदै सिमकोट गाउँपालिका २ का भेँडापालक गोरसिंह बोहराले भने, ‘झण्डै २ सयको संख्यामा रहेका भेँडाबाख्रालाई घरमा खाने दाना र घाँस छैन, चिसोले अत्यन्तै सकस बनायो । उनी जस्तै हुलाका अधिकांश भेँडा पालक कृषकलाई चिसोले आफ्ना पशुवस्तुको सुरक्षा गर्न नसकिने चिन्ता छ ।’

लेकमा राखेका खसी, बाख्राले चिसोका कारण राम्रोसँग चर्न छोडेपछि बाध्य भएर बेसी झारिएको नाम्खा गाउँपालिकाका कृषक टाप्का तामाङले बताए । हुम्लाको सिमकोट नाम्खा खार्पुनाग गाउँपालिकाका सबैजसो गाउँठाउँका कृषकले लेकमा राखेका भेँडाबाख्रा, घोडाघोडी चिसोले बेसीतिर झारेका छन् ।

उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने भेँडाले धेरै चिसो पनि सहन सक्दैनन् र बढी गर्मी पनि मन पराउँदैनन । त्यसैले गर्मी बढेपछि बेँशीबाट लेकतिर र हिउँदमा बेँशीतर्फ झार्नुपरेकाे बाेहराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close