
काठमाडौं । गायक तथा मोडल दिल बिश्वकर्माको नयाँ गीत माया यस्तो होसको भिडियो सार्वजनिक भएको छ । तिलक बस्नेतको शब्दरसंगीत सृजना रहेको गीतमा दिल र सुजता योन्जनको स्वर रहेको छ ।
सार्वजनिक गीतमा गायक दिलसँग टिकटकबाट चर्चा कमाएकी सुन्दरी मोडल बिना राउतको अभिनय रहेको छ । दिल विश्वकर्मा अफिसियल युट्युब च्यानल बाट बजारमा ल्याईएको भिडियोको निर्देशन सुबोल थापाले गरेका हुन् ।
कोरियालाई कर्म थलो बनाएका गायक दिलले यसअघि अस्ट्रेलिया जाउली माया खाउली बर्गर पिजा बोलको गीतको भिडियो बजारमा ल्याएका थिए । जसले ब्यापक चर्चा बटुलेको थियो ।