शेखरलाई पछि पार्दै खुला केन्द्रीय सदस्यमा देउवाले गरे कमाल, कोइराला पक्षका जम्मा ९ जनाले जिते

काठमाडौं, ४ पुस – नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ । ्

३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् ।

शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए । शनिबारबाट थालिएको मतगणना आइतबार साँझ सकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close