
काठमाडौं, ५ पुस – इटालीयन सिरि ए फुटबलमा एसि मिलानलाई पराजित गर्दै नापोली शीर्ष दुईमा उक्लिएको छ ।
आइतबार राति घरेलु मैदान सान सिरोमा मिलन नापोलीसँग १-० अन्तरले पराजित भएको हो । नापोलीको जितमा पाँचौ मिनेटमा इलिफ इल्मासले निर्णायक गोल गरे ।
बाँकी समय दुबै टोलीले गोलका केहि अवसर शृजना गरेपनि सदूपयोग गर्न सकेनन् । जितसँगै नापोली लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
एसी मिलानसँग ३९ अंकको बराबरी भएपनि हेट टु हेडमा अघि रहेको हो । दुवै टिम शीर्ष स्थानको इन्टर मिलानभन्दा चार अंकले पछि छन् ।