नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा डा. आरजु राणा विजयी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा डा. आरजु राणा देउवाले बाजी मारेकी छिन् । खुलातर्फको महिला केन्द्रीय सदस्यमा डा राणाले लोकप्रिय मतसहित बाजी मारेकी हुन् । गएरातिदेखि मतगणना सुरु भएकोमा सोमबार साँझा अन्तिम मत परिणाम सार्वजनिक गरिएको हो । खुलातर्फको ९ महिला केन्द्रीय सदस्य पदका लागि ३० जनाको उम्मेदवारी परेको थियो ।

महिला तर्फसबैभन्दा बढी मत ल्याएर डा।डिला संग्रौला विजयी भएकी छन् । उनले‍‍‍‍‍‍‍‍‍ २८८५ मत पाएकी छन् भने दोस्रोमा पुष्पा भुसालले‍‍‍ २७१८ मत पाइन् । वरिष्ठ समाजसेवी राणाले‍‍ २५३६ मत पाइन् ।

उनले पहिलो पटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन् । उनी संविधान सभा सदस्य पनि हुन् । मतगणनाको सुरुवातदेखि नै लोकप्रिय मतसहित राणाले अग्रता लिइरहेकी लिएकी थिइन् ।

चौथों स्थानमा रहेकी अम्बिका बस्नेतको २३३९ मत रहेको छ । ईश्वरी न्यौपाने २२५९ मतसहित पाँचौ स्थानमा रहेकी छन् । छैंटौं स्थानमा रहेकी सरिता प्रसाईले २०९६ मत पाएका छन् ।

सातौं स्थानमा रमा कोइरालाले १८५८, आठौंमा रहेकी सुशीला ढकालले १८०४ र नवौं स्थानमा रहेकी रंगमती शाहीले १७८९ मत पाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close