चिसो ह्वात्तै बढ्यो, यस्त्तो हुनेछ आजको मौसम

काठमाडौं, ६ पुस – हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली रहेकाे छ ।

दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

राति प्रदेश १, बागमती तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

बुधबार पहाडी भेगमा आँशिक बदली रही प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close