घाँस काट्न गएकी पपिलाई एक्कासी भालुले आक्रमण गरेपछि ज्यान बचाउन भाग्दा भाग्दै भिरबाट खसिन

डोटी, ६ पुस -जिल्लाको पूर्वी क्षेत्रमा पर्ने केआइसिंह गाउँपालिका–४ वायलमा जङ्गली भालुले आक्रमण गर्दा एक युवती गम्भीर घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दका अनुसार गम्भीर घाइते हुनेमा ३८ वर्षीया पपि विष्ट हुनुहुन्छ ।

बासकोटा बोकडाडा भन्ने ठाउँमा घाँस काट्न गएकी विष्टलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिनुभयो । उहाँका अनुसार भालुले उहाँको टाउको, छाती तथा शरीरका विभिन्न भागमा गहिरो चोट पु¥याएको छ । भालुले आक्रमण गर्दा उहाँ भिरबाट करिब ५० मिटर तल खसेकाले थप चोट पुगेको छ । घाइतेको दिपायलमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close