
काठमाडौं। आज मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य ८ रुपैयाले घटेको हो ।
सोमबार ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सयले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेरप्रतितोला १ हजार २ सय ३५ रुपैयाँ मा कारोबार भइरहेको छ । मबार चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।