गायक तथा संगीतकार डिबी बराईलीको एकल साँझ अमेरिकामा सम्पन्न

काठमाडौं : गायक तथा संगीतकार डिबी बराइलीले बामाको सहयोगमा आफ्नो एकल सांगीतिक साँझ अमेरिकाको ओहायोमा सम्पन्न गरेका छन्। साहित्य, समाज सेवा र गीतसंगीत क्षेत्रलाई प्रतिनिधित्व गर्दै उपस्थित करिब १५० दर्शकलाई बराइलीले भरभूर मनोरञ्जन दिएका थिए।

अमेरिकाको टेक्सासमा बस्दै आएका नेपाली भाषी भुटानी मुलका गायक बराइलीले आफ्नो मौलिक तथा सुगम संगीतका १५ वटा गीत गाएका थिए। कार्यक्रममा भुटानी अमेरिकी संगीत संघ (बामा)का अध्यक्ष खेम रिजाल र साहित्य परिषद् भुटानका अध्यक्ष गंगाराम लामिटारेले बराइलीको तेस्रो गीति एल्बम ‘द जर्नी भाग २’ सार्वजनिक गरेका थिए। बराइलीको स्वर तथा संगीत रहेको एल्बममा भुटानी मुलका गीतकारले लेखेका ६ गीत समावेश गरिएको छ।

सन् १९९४ देखि संगीत यात्रा सुरु गरेका बराइलीले अहिलेसम्म ३६ वटा गीत गाइसकेका छन्। उनले नेपाल, भुटान र भारतमा मात्र नभई विश्वभर छरिएर बसेका नेपाली भाषी संगीत पारखीहरूलाई उर्जा दिने काम गरेका छन्। सोही कार्यक्रममा गीतकार तथा तबला बादक गोविन्द हुमागाईंको भजन एल्बम ‘शुद्धता’ पनि विमोचन गरिएको थियो।

हुमागाईंको एल्बम संगीतकार अम्बर तुम्बापो, गीतकार हरि उप्रेती र बामाका अध्यक्ष खेम रिजालले सार्वजनिक गरेका थिए। हुमागाईंकै भक्ति रचना र संगीत रहेको एल्मबमा ६ वटा गीत संग्रहित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close