झरनामा रोमान्स गर्दै गर्दै गायक निमा शेर्पाले देखे बिक्रम बुढाथोकी र उषा उप्रेतीलाई , उषा निकै खुलेकी थिइन्

काठमाडौँ । गायक निमा शेर्पाको स्वर रहेको रेशमैको डोरी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा टिकटकबाट चम्किएकी सुन्दरी मोडल उषा उप्रेती र मोडल बिक्रम बुढाथोकीको अभिनय रहेको छ । भिडियोमा बिक्रमसँग रोमान्टिक अवतारमा देखा परेकी उषा झरनाको फेदमा गएर गज्जबसँग खुलेकी छिन् ।

गीतकार तथा संगीतकार सिएल शर्माका शब्द तथा संगीत सृजना रहेको गीतको भिडियोमा एक प्रेमील जोडीलेहाँशीखुशी एकसाथ जिन्दगी बिताउने विश्वास लिएको कुरालाई निर्देशक बिक्रम चौहानले कलात्मक शैलीमा तयार पारेका छन् ।

शाहस शाक्यको एरेन्ज रहेको गीतको भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन लक्ष्मन चौहानले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close